
काठमाडौं । भोटेकोशीको बाढीबाट प्रभावित रसुवा बाढी पीडितलाई काठमाडौँ फोटोग्राफर संघले राहत वितरण गरेको छ । संघले उत्तरगया गाउँपालिका वडा नं.१, २ र ३ का २०० भन्दा बढी पीडितलाई खाद्यान्नलगायतका राहत सामग्री वितरण गरेको हो ।
राहत ढुवानीमा नेपाल टिपर तथा ट्रक व्यवसायी समिति र वितरणमा स्थानीय वडा कार्यालयहरूले सहजीकरण गरेका थिए । यस विपद्को घडीमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्ण दाता तथा सहयात्रीहरूप्रति संघले हार्दिक कृतज्ञता व्यक्त गरेको छ ।
राहत अभियानका सहयोगी दाताहरू
थ्री सिक्सटी बिजनेस ग्रुप,आनन्द प्रभाकर घिमिरे,केशव राज भट्टराई,हरि ज्ञवाली,धर्मराज केसी,कालिका प्रसाद रिमाल,लक्ष्मण अधिकारी,नारायण रिमाल,भोला काफ्ले,भवदेव थापा,भुवनेश्वर भट्टराई,हरि प्रसाद घिमिरे,रेन्जु मगर,वासुदेव घिमिरे,सुजन तिमिल्सिना,वासु थापा,ठाकुर प्रसाद अधिकारी,रेशम अधिकारी,श्याम बहादुर श्रेष्ठ,नवराज घिमिरे,नवराज धामी,राजभाई सुवाल,मञ्जु कुमार श्रेष्ठ,भोजराज घिमिरे,मोती बहादुर बोगटी,ललिता खड्का,दलमणि महतो,बालकृष्ण श्रेष्ठ,रेशम राज पण्डित (कमल),दिगम्बर राजबंसी,रविमुनि बज्राचार्य,रामचन्द्र भट्ट,झक्कु रोका,सुरज कोइराला,कृष्ण पराजुली,चन्द्रबहादुर गिरी,जीवन काफ्ले,चन्द्रलाल राई,सुरेश श्रेष्ठ,मनोज श्रेष्ठ,नन्द सायम श्रेष्ठ रहेका छन् । संघले सम्पुर्ण सहयोगी दाताहरुलाई धन्यबाद व्यक्त गरेको छ ।




