अखिल नेपाल महिला संघ, काठमाडौं क्षेत्र नं. १० मा नयाँ कार्यसमिति चयन


काठमाडौं — नेकपा एमालेको जनवर्गीय संगठन अखिल नेपाल महिला संघ, काठमाडौं क्षेत्र नं. १० को दोस्रो क्षेत्रीय सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट तेजिला थापाको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

कार्यक्रममा पार्टीका नेता तथा महिला संघका केन्द्रीय प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। नयाँ कार्यसमितिले संगठनलाई थप सशक्त बनाउँदै महिला अधिकार, शिक्षा, स्वास्थ्य र आर्थिक सशक्तिकरणका कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।