चन्द्रागिरि–१५ मा देवी भागवत महापुराण नवाह जारी

चन्द्रागिरि । चन्द्रागिरि नगरपालिका–१५, विष्णुदेवीस्थित थापा गाउँमा सुरु भएको श्रीमद् देवी भागवत महापुराण नवाह कार्यक्रम आज भाद्र १६ गतेसम्म निरन्तर जारी छ।

समस्त थापा परिवारको आयोजनामा भाद्र ११ गतेदेखि सुरु भएको कथा वाचन पं. सुमन दवाडी र पं. अन्ननाव उपाध्यायज्यूले गर्दै आएका छन्। प्रत्येक दिन विहान ८ बजेदेखि बेलुकी ५ बजेसम्म कथा प्रवचन तथा भजन–कीर्तन सञ्चालन भइरहेको आयोजकले जानकारी दिएका छन्।

कार्यक्रम अन्तर्गत भाद्र १९ गते तिलार्पण, लक्षदीप प्रज्वलन र जागरण हुनेछ भने भाद्र २० गते प्रशाद वितरण र पूर्णाहुतीका साथ समापन गरिनेछ।

भजन गायक अशोक पाण्डे तथा टोलीले प्रस्तुत गरिरहेका भक्तिगीतले वातावरण झन् भक्तिमय बनेको सहभागीहरूले बताएका छन्।