चन्द्रागिरि विकास मन्चको आयोजनामा महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०९ औं जन्मजयन्ती उपलक्ष्यमा चन्दागिरि नगर भरिका २० जना कविहरुले कविता वाचन गरि कवि गोष्ठी मनाईयो नगर प्रमुख घनश्याम गिरी प्रमुख अतिथि कवि तथा साहित्यकार नरनाथ लुईटेल विशेष अतिथि ,काठमाण्डौ. जिल्ला समन्य समितिको सदस्य तेजिला थापा अतिथि तथा चन्द्रागिरि नगर पालिकाको वडा नं १,५,६,८,११ र १५ का वडा अध्यक्ष हरु क्रमस राजेन्द्र के.सी, अनिरुद्र मर्हजन,सन्जय सिग्देल,सन्तोथ खडका,हरिभक्त मर्हजन र उत्तम वहादूर रावत अतिथिको रुपमा उपस्थित उक्त कार्यक्रमा शुभ विजया दशमीको अवसरामा चन्दागिरि विकास मन्चद्धारा आयोजना भएको चन्दागिरि नगर कप पुरुष डवल्स व्याडमिन्टन प्रतियोगिताको पुरुस्कार समेत वितरण भयो | जस्मा प्रथम स्थान प्राप्त गर्नु हुने वडा नं १२ का सविन श्रेष्ठ तथा राजकुमार पौडेल दोस्रो हुने वडा नं ५ का ओमलाल श्रेष्ठ तथा मगज वोगटी तेस्रो स्थान प्राप्त गर्नु हुने वडा नं १५ का राजकुमार महत तथा सिव सरण महत साथै वडा नं ६ का तेस्रो स्थान प्राप्त गर्ने अर्को समुह पूष्प वस्नते तथा राजकुमार चौधरीलाई मेयर घनश्याम गिरीले मेडल ट्रफी सहित नगर पूरस्कार क्रमश २५ हजार १५ हजार र ५|५ हजार वितरण गर्नु भएको थियो | सोही कार्यक्रममा उक्त प्रतियोगिता सम्पन्न गर्न सहयोग प्रदान गर्ने रुकमणी ट्रावल्स एण्ड टुर लयागत अन्य विविध सहयोगी संस्थाहरुलाइ मन्चको तर्फवाट मायाको चिनो दिएर सम्मान समेत गरको थियो |

Leave a Reply
You must be logged in to post a comment.