देव्यानी – ४

जेष्ठ एक गर्मी महिना, उनि सँग भेट भएको नि पुरै एक महिना भेइ सकेछ ।यस बिच म उनि तर्फ एकतर्फी प्रेममा पेरिसकेको थीए ।
“एकतर्फी प्रेम्” सबै जस्तो मनिस यस्लाई पगलपनको सङ्य़ा दिनथिए तर म यसलाई प्रेमको सुन्दर पाटो मान्छु , किनकी म उनलाई सम्झदै खुशी छु । मेरा कल्पना रोक्ने कसैको सामर्थे थीएन । मेरो प्रेम म भित्रै नै सीमित थियो, तेस्को एक सुइको पनि मैले उन्लाई दीएको थीईन, न त म कुनै चेस्टा गर्न नै तयार थीए ।
यसै बिच मेरा मनले एउटा चेस्टा गर्ने अडान लियो ।उनलाई मुहार पुस्तकमा खोज्ने । ४ जना mutual फ्रेन रहेको उनको आइडी सर्च लिस्ट्को माथि थियो ।हल्का सुनौलो मिसृत निलो सारी, हल्का घुमेको केश मिलाउदै गरेको हात अनि हातमा सजिएको सुनौला चुरा, निधारमा टल्किएको निलो टिका, मन्द मुस्कान सहित ओठमा सजिएको रातो लालि । म उनमा हराए, यदि सुन्दरता शव्दले उनको प्रतिनिधित्व गर्दैन भने मलाई नेपाली शव्दकोष प्रति घोर आप्पती छ, बडो हिम्मत गरेर उनलाई Friend request पठाए ।
कारीब ४०० जना साथी अनि ६०० को हाराहारिको फ्लोअर्स को बिच उनले मलाई फ्लोअर्स लिस्ट्मा रखिन ।मलाई फ्लोअर्स लिस्ट्मा हुनुको पिडा भन्दा पनि उनको प्रोफएल हेर्न पाउदाको खुशी थियो ।
कयौ पटक म उनलाई म्यासेज गर्न खोज्थे तर हिम्मत जुटाउन सकिन ।
उनका Profile पटकपटक हेर्ने मेरो दिनचारइया बनेको थीयो । कयौ दिनहरु यसरी नै बिते ।
एक बिहान फेसबुक चलाउदै गर्दा एउटा Notification आयो, जसमा “ It’s Devyani Shrestha’s birthday today. Help her have a great day.” लेखीएको थियो.
म खुशी भए आज उनको जन्मदिन, मनमनै खुशी
फेरी हेरक प्रभात झै मैले उनको प्रोफिले खोलेर हेरे, कैयौ शुभकामनाले उनको प्रोफिले सझिएको थियो,
Google बाट कपी गरी ,म्यसेन्जरमा उनको नाम टाईप गरे अनि
“May you get all the deserving things in this world,
May you always treated with happiness,
May your life always get filled with the sunshine,
May you never feel the loneliness,
Happy Birthday and be awesome!´
Many many happy returns of the day to the girl with awesome smile” लेखी सेन्ड गरे

यती टाईप गरी हिम्मत गेरेर उनलाई म्यसेज गरे ।
अफिस पुगेर म्यासेन्जर खोली हेरे, म्यासेज सीन थीएन ।
फेरी ३० मिनेट पछी म्यासेन्जर खोले,मेरो म्यासेज सीन थियो तर कुनै रीप्लाए थीएन । मनमा चिसो पस्यो, क्यानटीनमा गए चिया अनि चुरोट मगाए
१०को सुर्यलाई २को सलाई काटीले
अग्निमा मिलाई धुवाको स्वोरुपमा
आकशको सयर गर्न पठाए,
अनि ठुटे सुर्यको घमन्ड चिर्दै
खरानी लाई जामिनमा मिसाई
५५० को GOLD STAR जुत्ताले
सुर्यको काज कृया गर्न भ्याए ।
सेतो चियालाई हतास खत्तम गरे

फेरी म्यासेन्जर खोले, कुनै रीप्लाए थीएन, हरेक १५-१५ मिनेटमा प्रकृया दोहोरिरह्यो, नतिजामा फरक भएन । आफु प्रती मलाई घ्रीणा लाग्यो, म लज्जीत महसुस गर्दै थीए, यी सबै कुरा बन्द गरी आजात हुने अठोड मेरो भयो,सोचे अन्तिम पटक म्यासेज गर्छु अनि ब्लक गर्दिन्छु ।
रातको ११:५५ मैले अन्तिम म्यासेज “Happy Birthday” मात्र
लेखी सेन्ड गरे ।
अक्सर मानिसलाई कोलाहलले व्युझाऊछ, मलाई उनको मनौताले सुत्न दिएन
तत्काल मोबएल मा ‘टिइङ्’ आवाज आयो,
“Sorry” लेखिएको म्यासेज थियो । उनको मेरी देव्यनिको, उनले मलाई पहिलो पटक म्यासेज गरेकी थियिन्, हराएको मुस्कान मेरो मुहारमा फेरी टासियो ।

म: किन sorry ? ?
उनि: मैले तपाईं लाई नचिनेको, कस्तो चेन्ज फोटो ? ? sorry ढिला रीप्लाई गरे ।
( यती भदै, मेरो Pending friend request accept गरिन )
म: Sorry त भन्नु पर्दैन होउउ
उनि: ThankQ so much for your warm wishes, लेखी आखामा पान भाको स्टीकर पठाइन
(मेरा खुशीहरु थपिदै थीए, म स्वोप्न गगनको सएर गर्न थाले )
म: sorry भनेरनि के काम, तिम्रो Birthday त सकी सक्यो,( मुख लत्रीएको स्टीकर पठाए)
उनि: झन तपाईं Wish गर्ने अन्तिम पर्नु भयो, मेरो लागि एकदम स्पेसल, म सधै याद गर्ने छु । (निच्च हसेको स्टिकर सहित )
म: खुब स्पेसल्, चिन्नु त भयो ? ?
उनि: किन न चिन्नु नि, तपाईं त्यही Hansome दाई । (निच्च दात वाला स्टीकर फेरी आयो)दिपेन्द्र रसाइली