चरी उडे पछि गायक रबि रिमाल कालि दिदिका साथ

बि.स २०५३ सालमा बहुचर्चित गीत ” चरी उड्यो बादल छुनलाई ” बोलको गीतकासाथ नेपाली सांगीतिक क्षेत्रमा प्रवेश भएका गायक हुन रबि रिमाल ।

आफ्नो शिक्षा अनि व्यवसायका कारण सांगीतिक क्षेत्रबाट टाढा रहेका रिमाल धेरै वर्षको अन्तराल पछि एक पटक फेरी आफ्ना श्रोता माझ आफ्नो नया सांगीतिक कोसेली ” ए बि र सीडी ए काली दिदि ” लिएर आउदै छन् ।


बजारमा आउनु अगाडी भिडियोको छायांकन देखिनै चर्चामा रहेको यस गीतको भिडियो सम्पादनको काम सकिएको र चाडैनै बजारमा आउनी बताउछन् गायक रिमाल । शब्द अनि संगीत समेत रिमालकै रहेको यस गीतलाई रायन कार्कीले निर्देशन गरेका छन् भने दर्शकहरुले भिडियोमा आर्यन प्रिन्स, श्रीस्ती खड्का र रीमा गुरुङको अभिनय का साथ साथै नृत्य देखन सक्नेछन् । भिडियोको छायांकन अनि सम्पादनको काम भने फराज अर्पणले गरेका छन्