
काठमाडौँ – अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजको प्रेम सम्बन्ध कोही सामु लुक्न सकेको छैन । यी दुई मिडियामा खुलेर आफ्नो प्रेमबारे बताउछन् । झण्डै डेढ बर्ष प्रेममा रहेका यी दुईले इन्गेजमेन्ट गरेका छन् ।
शनिबार यी दुईको टिकाटालो भएको हो । आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्टाग्राममा केहि तस्बिरहरु राख्दै प्रियंकालाई बधाई दिएकी छिन् । उनले एक तस्विरमा ‘प्रियंका जोशी’ समेत लेखेकी छिन् । त्यस्तै प्रियंकाकी भाउजु साथै पुर्व मिस नेपाल जेनिसा मुक्तानले प्रियंका र आयुष्मान फोटो सेयर गर्दै बधाई दिएकी छिन् ।