नयाँ वर्ष स्पेशल म्युजिक भिडियो ‘दोलालघाट’ (भिडियो)

काठमाडौं । नेपाली चलचित्र क्षेत्र मात्रै होइन गीत संगीत पनि विशेष दिनलाई लक्षित गरि रिलिज गर्ने गरिएको छ । त्यसो त दैनिकजसो म्युजिक भिडियो सार्वजनिक भएका छन् । तर, कुनै चाडपर्व वा विशेष दिनलाई भनेर कमै मात्रामा गीत संगीत सार्वजनिक गरिन्छ । २०७६ को नयाँ वर्षलाई लक्षित गरि म्युजिक भिडियो सार्वजनिक गरिएको छ । जसमा तीन गायक गायिकाको स्वर रहेको छ । डिजे गीतको रुपमा ल्याइएको दोलालघाटमा गायकद्वय विश्वास पराजुली, माधव पराजुली र गायिका अर्चना स्याङ्तानको स्वर रहेको छ । छिरिङ दोर्जे लामाको शब्द सृजना र जनक लामाको म्युजिक रहेको सो गीतको भिडियोलाई प्रविन थापाले निर्देशन गरेका छन् । जसमा आरुषी, अनुप, प्रिती र प्रकाशको अभिनय रहेको छ ।