चार भाषामा एउटै चलचित्र “च्वापुफय” बन्दै

चलचित्र “च्वापुफय” (हिम आधी) को शुभ मुर्हत सम्पन्न भएको छ। काठमाडौंमा एक औपचारिक कार्यक्रमका बिच काठमाडौं महानगरपालिका का मेयर बिद्या सुन्दर शाक्यको उपस्थितीमा चलचित्रको शुभ मुर्हत गरिएको हो।

चलचित्र नेवारी, नेपाली, अङ्ग्रेजी र चाइनिज (नेवारी भाषामा “च्वापुफय”, नेपाली भाषामा “हिम आधी”, अङ्ग्रेजी भाषामा “स्नो स्टोर्म”) भाषामा चलचित्र बन्ने कार्यक्रममा जानकारी दिईयो।यस चलचित्र रोजगारीका लागि ल्हासा गएको एक युवक तथा उसकी नवबिबाहित अर्धाङ्गिनी बिचमा के कस्तो कारणले बिछोड हुन पुग्छ भन्ने मुल कथाबस्तुमा समेटिएको यस चलचित्र हिमाल वारी पारी ब्यापार गर्न अोहोर दोहोर गर्ने नेवार समुदायका केही यथार्थ र सत्य घटनामा आधारित रहेर तयार पारीएको “जि वया ला लच्छी मदुनी” (म यो घरमा भित्रिएको एक महिना पनि भएको छैन) गितिनाटकमा आधारित छ। यो चलचित्रले तत्कालिन समाजको कथा ब्यथाको सटिक बयान गर्ने निर्माण पक्षले जानकारी दिएको छ। चलचित्र ५० प्रतिसत काठमाडौं र बाँकी मुस्ताङ र ल्हासामा छायाङ्कन हुनेछ। चलचित्र “च्वापुफय” (हिम आधी) महाजु फाउन्डेसन भक्तपुरले निर्माण गर्न लागेको हो। चलचित्रमा राजेन्द्र मान शाक्य, आशाकाजी थकु, निक्की महर्जन, सनिस शाक्य, सुरज व्यञ्जनकार, रुपेन्द्र श्रेष्ठ, सुशिल राजोपाध्याय, पल्पसा डङ्गोल, मन्जु श्रेष्ठ, राजेन्द्र महर्जन, सुरेश महर्जन, श्याम श्रेष्ठ, बिनेश श्रेष्ठ, महेश प्रकाश हाडा, गौतम महर्जन लगायतको अभिनय रहने छ। चलचित्रको सोच, अनुसन्धान तथा स्क्रिप्ट ओम चरन अमात्यको रहेको छ।

शंकर महर्जनको छायाङ्कन रहने चलचित्र “च्वापुफय” (हिम आधी) का प्रमुख सहायक निर्देशक रक्की महर्जन हुन भने निर्देशन प्रदिप खड्गीले गर्ने छन।