सेतो कपडा लगाएर मह जोडी सतुंगलको व्यस्त सडकमा अोर्लिएपछि !

चन्द्रागिरि ।

बुधबार बिहान १० बज्दा नबज्दै सतुंगल अोरालोमा स्थानीय लगायत बटुवाहरूको हुल जम्मा भयो । हुलको बीचमा दुर्इ प्राैढ पुरूषहरू तलदेखी माथिसम्म सेतो दाैरा सुरूवालमा उभिएका थिए । बढ्दो वायू प्रदुषणका विषयमा अाधारित भर्इ छायाँकन गरिने भिडियोमा मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश अाचार्य) ले अभिनय गरेका हुन् । दृश्य नैकाप, सतुंगल लगायतका सडकमा गरिएको थियो ।