हरिबंश र दीपक एकै दिन बने सम्धी

काठमाडौ – शनिबार काभ्रेको धुलिखेलमा कलाकारको राम्रो जमघट देखियो । उनीहरु कुनै सुटिङ, फिल्मी कार्यक्रमका लागि भने त्यहाँ पुगेका थिएनन् । बरिष्ठ हाँस्य कलाकार हरिबंश आचार्यका कान्छो छोरा मोहित बंशको बिबाह समारोहको निम्तो मान्न उनीहरु त्यहाँ पुगेका थिए ।
मोहितको धुलिखेलको मिरावल रिसोर्टमा बिबाह समारोह आयोजना गरिएको थियो । मोहितले नेपाली परम्परागत शैलीमा संचार उद्यमी भोला थापाकी छोरी बिन्दु थापासँग लगनगाँठो कसे ।
मोहित र बिन्दुले केही समय देखि चल्दै आएका प्रेमलाई बिबाहमा परिणत गरेका हुन् । मोहितको बिबाहका बरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ लगायत चलचित्र क्षेत्रका नाम चलेका सेलिब्रेटीको बाक्लै उपस्थिती रहेको थियो ।
यस्तै अर्काे हाँस्य कलाकार दिपकराज गिरीका जेठो छोरो दिपेश गिरीले पनि शनिबार लगनगाँठो कसेका छन् । र्कितिपुर निवासी मिरा ज्ञवालीसँग दिपेशको बिबाह समारोह दरबार ब्यङ्क्वेटमा आयोजना गरिएको थियो । दिपेशको बिबाह समारोेहमा अभिनेत्री निर्देशक दीपाश्री निरौला, अभिनेत्री स्वस्तिमा खड्का, जीतु नेपाल, केदार घिमिरे लगायतको सहभागीता रहेको थियो ।