
लामो समयको अन्तराल पछी गायक नबिन के.भट्रराईले “तिमिलाई भन्छु” बोलको गीतको म्युजिक भिडियो आफ्नो यूट्युब च्यांनल बाट सार्बजनिक गरेका छन्। उनको पछिल्लो गीति सङ्ग्रह “श्लोक“मा रहेको उक्त गीतको म्युजिक भिडियोलाइ अस्ट्रेलिया र नेपालमा छायांकन गरिएको छ। लामो समय पछि भिडियो दर्शकहरुले हेर्न पाएपनि भिडियोलाई मन पराई दिनु हुने छ भन्ने आशा गायक भट्टराईले गरेका छन्। भिडियोलाइ नेपालमा ज्ञानेन्द्र शर्माले र अस्ट्रेलियामा जीवन रसाइलीले छायांकन गरेका हुन्। रसाइली आफै यो भिडियोका निर्देशक समेत हुन्। उक्त भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन्। सार्वजनिक भएको भिडियो को गीत को शब्द र संगीत गायक स्वयं कै हो भने संगीत संयोजन मोहित मुनालले गरेका हुन्। भट्टराईको गितीसंग्रह “श्लोक” लाई स्टेरियो रेकर्डले बजारमा ल्याएको हो।
भिडियो हेर्नुहोस…
[youtube https://www.youtube.com/watch?v=n–Qv9IaAno]