एनसेलद्वारा “योन्डर म्युजिक-नेपाल” याप सार्वजनिक

खस्कीदै गएको सांगेतीक बजारमा नयाँ आशा अनी उमंग बनेर आयो एनसेल को योन्डर म्युजिक-नेपाल याप।

शनीबारको दिन पारेर काठमाण्डू को मुटु दरबारमार्गमा अवस्थित क्लब डेजा-वु मा संगीतका हस्तीहरू , म्युजीक डिस्ट्रिब्युटर कम्पनी लगायत , एनसेल फेमिली, योन्डर म्युजिक-नेपाल फेमिली, राष्ट्रीय टेलीभिजन च्यानलहरू , अन्लाईन मिडिया एवम् बिभिन्न पत्र-पत्रिका का बिषिश्ट ब्यक्तीत्व बीच यो याप को बिधीवत उद्घाटन गरीएको थियो । यो याप कुनैपनी स्मार्ट फोन बाट सजीलै डाउनलोड गरी कुनै पनी राष्ट्रीय तथा अन्तराष्ट्रीय सदा-बहार गीत-संगीत देखी अहीले चलेका कुनै पनी सुपर हीट गीत अन्लाईन सुन्न अनी अफ्लाइन शेभ गरी २४ धन्टा सुन्न सकिनेछ । यसरी स्रोताहरूले सुनेको आधारमा योन्डर म्युजिक-नेपालले श्रष्टाहरूले रोयल्टी पाउने योन्डरले बताए ।

अहिलेको ब्यस्त क्लब डेजा-वु साच्चीकै एनसेल योन्डरफुल मय स्याटर्डे बनेको थियो । नेपालका ख्यातिप्राप्त गायक, गायिका , संगीतकार एवम् म्युजीक कम्पनीहरूको उल्लेखीय उपस्थिति रहेको थियो । कार्यक्रममा चर्चित युवा गायिका सम्ब्रिदी राइ उद्घोषिका को रूपमा देखा परेकी थीईन भने चर्चित गायक उदेश श्रेष्ठ , चर्चित गायीका अन्जु पन्त र १९७५ AD का चर्चित गायक एड्रिन प्रधान एवम् कार्टूनज क्रिउले धमाकेदार प्रस्तुति दिएर डेजा-वु को माहौल संगीतमय बनाए । यध्धपी सुगम पोखरेल भने कारणबस आफ्नो प्रस्तुतीका लागी उपस्थित हुन सकेनन् । योन्डर म्युजिक-नेपाल याप का लागी स्पोक आर्टिस्ट का रूपमा चर्चित गायक सुगम पोखरेल , उदेश श्रेष्ठ , अन्जु पन्त र एड्रीन प्रधान रहेका छन ।