हृदयघातका कारण बलिउड अभिनेत्री श्रीदेवीको निधन

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको हृदयाघातका कारण गएराति दुबईमा निधन भएको छ । चार वर्षकै उमेरमा अभिनय सुरु गरेकी श्रीदेवी बलिउड क्षेत्रमा चर्चित अभिनेत्री मानिन्छन् । उनले मिल फिल्म ‘कन्धन करुणई’ बाट अभियन सुरु गरेकी श्रीदेवीले बाल कलाकारको रुपमा तेलुगु र मलयालम फिल्ममा अभिनय गरेकी थिइन् ।

१३ अगस्ट १९६३ मा तमिलनाडुमा जन्मेकी श्रीदेवी दक्षिण भारतीय फिल्ममा काम गरेपछि श्रीदेवीले सन् १९७९ मा मुख्य कलाकारको रुपमा ‘सोलहवा साल’बाट हिन्दी फिल्ममा अभिनय सुरु गरिन् ।

हिन्दी फिल्ममा हिरोइनको रुपमा अब्बल कहलिएकी श्रीदेवीले हिम्मतवाला, तोहफा, मिस्टर इन्डिया, नगीना जस्ता सुपरहिट फिल्ममा अभिनय गरेकी छिन् ।

श्रीदेवीले जितेन्द्रसँग मिलेर हिम्मतवाला, तोहफा, जस्टिस चौधरी र मवाली जस्ता सुपरहिट फिल्म बनाएका थिए ।