सुष्मा महरा “राष्ट्र सेवा सम्मान २०७४” वाट सम्मानीत

एक कार्यक्र विच सम्मानिय पुर्व प्रधान मन्त्रि श्री माधव कुमार नेपाल वाट “राष्ट्र सेवा सम्मान २०७४” वाट सुष्मा महरा सम्मानीत हुनु भएको छ । सम्मान पत्र ग्रहण गर्दै महरा भन्नुहुन्छ– राष्ट्र सेवा सम्मान वाट सम्मानीत हनु आगामि दिनका लागि अझ वढी जिम्मेवारी बहन गर्नु हो । मेरा क्षेत्रका विकृतिहरु लाई चिर्दै अनेक अफ्टेराहरु संग लड्दै नेपालका महिला दिदि बहिनीहरु लाई सक्षम र उद्योमी वनाउने मेरो अभियान लाई यस सम्मानले अझ कार्यसील हुन हउसला प्रदान गरेको छ । सौन्दर्य व्यबसाय मार्फत सफलता हाँसिल गर्न सफल सौन्दयकर्मी सुषमा महरा २०५५ साल देखि निरन्तर ‘फेसियल हाउस लेडिज एन्ड जेन्ट्स सैलुन’ स्थापना गरेर व्यबसाय सञ्चालन गर्दै आउनु भएको छ । महराले झन्डै ५० युवा युवतिहरु लाई रोजगारी दिरहेको छ । भने बाषिर्क ५०० भन्दा बढी सौन्दर्य कर्मि उत्पादन गर्दै रोजगारी प्रदान गर्ने तथा महिला उद्योमी विकाश गर्ने कार्य गर्दै आउनु भएको छ । यस वाहेक समाज सेवामा पनि त्यतिकै सक्रिय रुपमा सहभागिता जनाउनु हुन्छ महरा । भुकम्पको वेलाहोस या कुनै वाल वच्चा पढ्न वाट वन्चित भएको अवस्था महराको सहयोग त्याह पुगेकै हुन्छ । यस्तै यस्तै कार्यहरुले गर्दा सुष्मा ब्यवसायी मात्र नभएर अहिले सबैको प्यारो र समाज सेवि सुष्मा बन्न सफल भएको छ ।