सुन्दर कल्पनाको लहर सँगालेर नेपाली संगीतमा होमिएको एउटा नाम हो सुरज थापा। हाल चिसापानी नेपालगन्जमा बसोबास गर्दै आएका सुरज थापा नेपालको बिकट मध्यको एक दैलेख जिल्लामा बुवा मान बहादुर थापा र आमा दिलमाया थापाको कोखबाट २०४३ सालमा जन्मिएका हुन। घरको माहिला छोराका रुपमा जन्मिएका उनी सानै देखी संगीतमा रुची राख्दथे। २०६० सालमा भागेर काठमाडौं आएका उनी आर.आर कलेज भरना भए। उनको बुवालाई थाहा नदिई घरबाट भाग्दा आमाले लुकाएर दिएको अलिकती पैसा थीयो उनको खल्तीमा तर मनको सपना त्यो पैसाले धान्न नसक्ने। काठमाडौं त आए तर यहाँको परीबेश र यहाँको रहन सहन उनको क्ष्यमता भन्दा धेरै फरक थीयो। संगीतमा लाग्ने सपना बोकेर घरबाट भागेका उनलाई पढ्न समेत पैसा नपुगेपछी संगीत यात्रा सहज हुने कुरै भएन। कोठा भाडा समेत तिर्न नसक्ने अवस्ठा आएपछी के गरेनन उनले त्यो परीबेश सँग जुध्नका लागि? कहिले कपडा पसलमा भुई र सिसा पुछे, कहिले झोला भरी श्याम्फु र क्रीम बोकेर दुनियाँको घर घर गए त कहिले रिक्सामा चाउचाउ र चिप्स बोकेर पसल पसल धाए। काठमाडौंमा उनलाई सहयोग गर्ने पनि कोही पनि थीएनन त्यतिबेला। इन्टर सम्मको अध्ययन सकेका उनले कमजोर आर्थिक अवस्था कै कारण अध्ययन छोड्नु पर्यो। तर त्यो दु:ख का बिच पनि उनले आफ्नो संगीत मोह भने छोडेनन। बिभिन्न एफ.एम हरुमा हुने साङितिक प्रतियोगितामा उनी भाग लिन्थे। एक पटक उनले एच.बि.सि एफ.एम को साङितिक प्रतियोगितामा भाग लिए र प्रथम पुरस्कार स्वरूप १ बर्ष संगीत सिक्ने मौका पाए गुरु लाक्पा शेर्पा सँग। सङ्योग भन्नु पर्छ मौकाले उनलाई पच्छ्यायो उनै गुरु लाक्पा शेर्पाले उनलाई दोहोरी साझामा हार्मोनियम बजाउने काम लगाइदीए। उनले त्यहा पनि सुरु सुरुमा गीत गाउन भने पाएनन। पछी अली पुरानो भएपछी गीत गाउन सुरु गरे। त्यसपछी गजल अनी क्यासिनोहरुमा गीत/गजल गाउन सुरु गरे। त्यो समयमा उनका आग्रजहरु रुपम, रुपेश, आरती र बिकासले उनलाई धेरै सहयोग गरेको उनी सम्झन्छन। गजल अनी क्यासिनोमा गाउने सिलसिला मै उनको भेट तबला बादक केशब खड्का सँग भयो। उनकै सल्लाह अनुसार सुत्र ब्यान्ड स्थापना पनि गरे। ब्यान्ड स्थापना सँगै उनिहरुले काठमाडौं लगायत देशका बिभिन्न स्थानमा साङितिक कार्यक्रमहरु गर्न थाले ति कार्यक्रमहरुले सुरजको संगीत यात्रा अलिक सहज बन्न थाल्यो र उनले आफ्नो पहिलो साङितिक एल्बम क्रन्दन बजारमा ल्याए। क्रन्दन भित्र समाबेश बहुला हुँ म बहुला भन्ने गीत निकै चर्चित पनि बन्यो। त्यो गीतको संगीत गर्दा उनका हितयसी मित्र मनिष शाहले उनलाई गरेको सहयोग उनले बेर्सेका छैनन। संगीत क्षेत्रमा एल्बम त ल्याए तर त्यसको सि.डि बिक्न सकेन। त्यसको खर्च जोड्न सकेनन अनी उनी केही समय भारत गए केही उपाय नलागेपछी बिदेश पलायन भए। १ बर्ष बहराइन बसेर फर्के पछी फेरी नेपाली संगीतको गोरेटोमा हिंड्न थाले। संगीतमा संघर्श गरिरहेका उनी धेरै साङितिक प्रतियोगिताहरु जस्तै तिम्रो सुर मेरो गीत, बागिना, नेपाल स्टार, नेपाली तारा-२ गर्दै ईण्डियन आइडल-९ को तेस्रो राउन्ड सम्म पनि पुगे तर सफलता भने कतै हात परेन। तर पनि उनले हार मनेनन र पछील्लो समय नेपाल आइडलमा सहभागी भएर टप ११ मा पुग्न सफल भएका छन। छोरा लाहुरे बनोस भन्ने बुवाको सपनालाई छोडेर संगीत क्षेत्रमा लागेका उनले आमाको भने सधैं हौसला र साथ पाएका छन। तर बुवा म संगीतमा लागे भनेर रिसाउनु भएको छ। उनले मलिन स्वरमा भने मेरो जीवनको लक्ष्य नै संगीत थीयो, कसरी लाहुरे बन्न सक्थे र? हामी सँग कुरा गर्दै जादा उनका आँखा रसाए उनले गाउलाई सम्झीए, गाउमा पहिले सबैको घर कच्ची थीयो माटो र ढुङ्गाले बनेको तर अहिले सबैको घर पक्की बनीसक्यो। मेरो घर अज्झै उस्तै छ कच्ची माटोले बनेको, मैले केही गर्न सकेको छैन। संगीतमा लागेरै त्यो घरलाई पक्की बनाउनु छ अनी आमा बाबुको आसु पुछ्नु छ तब मात्र मेरो जीवन सार्थक साबित हुनेछ। नेपाल आइडलमा सहभागी भए पछी अहिले उनको चर्चा पनि चुलिएको छ। धेरैले आफ्नै एल्बम निकालेको मान्छे किन फेरी प्रतियिगितामा जानु भयो भनेर प्रश्न पनि गर्ने गरेका छन, उनले भने बुवाको सपनालाई छोडेर यो क्षेत्रमा आएको हुँ चुनौतीलाई सामना गर्न सक्ने क्षमता छ र मलाई विश्वाश छ यस् प्रतियोगिताले म मा अज्झै निखारता ल्याउने छ। यही सपना बोकेर नेपाल आइडलमा सहभागि भएका उनको नेपाल आइडल यात्रा टुङ्गिएको छ।
भिडियो अन्तर्वाता हेर्नुहोस्…
[youtube https://www.youtube.com/watch?v=rJY5s7WFhZ0?ecver=1]
Leave a Reply
You must be logged in to post a comment.