नागढुङ्गाको पुरानो तस्वीर देख्न पाउँदा विद्यार्थीहरु दंग

कक्षा ८ की प्रथम विद्यार्थी ऋतिका अधिकारी आइतबार निकै खुसी देखिन्थिन् । नागढुङ्गाको सडक मानिसहरुले खन्दै गरेको पुरानो तस्वीर देख्दा उनका साथीहरु समेत चकित परे । फोटो म्यूजियम नेपालले आइतबार चन्द्रागिरि नगरपालिका ०२ चिसापानी स्थित श्री चण्डीभैरव मा.वि प्राङ्गणमा विद्यालयका विद्यार्थीहरुका लागि लक्षित गरि नेपालका पुराना तथा ऐतिहासिक तस्वीरहरुको निःशुल्क प्रदर्शनी आयोजना गरेको थियो ।



jibss

प्रदर्शनी कार्यक्रम विभिन्न मितिमा खिचिएका १ सय भन्दा धेरै प्रदर्शनी समावेश गरिएको आयोजक फोटो म्यूजियम नेपालकी संस्थापक महिमा गौतमले जानकारी दिइन् । विद्यालय तहमा अध्ययनरत विद्यार्थीहरुको नियमित पाठ्यक्रम अध्ययनका लागि सहयोगी हुने विषयमा पुराना तस्वीरहरु उक्त प्रदर्शनीमा देखाइएको आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा उक्त विद्यालयका शिक्षिक, शिक्षिका, विद्यार्थीहरु तथा चन्द्रागिरि नगरपालिका २ का जनप्रतिनिधिको समेत उपस्थिति रहेको थियो ।