फोटो म्युजियम नेपालले अायोजना गरेको पुरानो नेपाल लघु फोटो प्रदर्शनी अाइतबार चन्द्रागिरि ०९ मच्छेगाउँस्थित नारायण जन माध्यमिक विद्यालयमा सम्पन्न भएको छ । पुरानो नेपालका १२० वटा तस्वीरहरू उक्त प्रदर्शनीमा समावेश गरिएको छ । प्रदर्शनी अवलोकन गरेकी कक्षा १० की छात्रा रिमा खत्रीले पुस्तक पढेर भन्दा तस्वीर हेरेर लिएको ज्ञान बढि लाभदायक हुने बताइन्। नेपालका एेतिहासिक प्रदर्शनी अवलोकन पछि चन्द्रागिरि ०९ का वडाध्यक्ष देवेन्द्र महर्जनले यस्ता प्रदर्शनीले विद्यार्थीहरूका लागि निकै फलदायी हुने बताए । अायोजक संस्थाकी संस्थापक महिमा गाैतमका अनुसार उक्त विद्यालयका कक्षा ६ देखी १० सम्मका विद्यार्थीहरू लक्षित गरि उक्त फोटो प्रदर्शनी अायोजना गरिएको हो । कार्यक्रममा नारायणजन मा.वि.का २७० भन्दा धेरै विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।



Leave a Reply
You must be logged in to post a comment.