फोटो म्युजियम नेपालको अायोजनामा बुधबार चन्द्रागिरि ०१ दहचोकस्थित श्रीकृष्ण माध्यमिक विद्यालयमा नेपालका पुराना तस्वीरहरूको प्रदर्शनी सम्पन्न भएको छ । वि.संं १९२० देखी २०५६ साल सम्म विभिन्न देशका नागरिकहरूले खिचेको नेपालका पुराना तस्वीरहरू प्रदर्शनी गरिएको अायोजक संस्थाकी महिमा गाैतमले जानकारी दिइन् । पुरानो नेपालको तस्वीरहरू विद्यालय हातामा देख्न पाउँदा विद्यार्थीहरूले खुसी व्यक्त गरेका थिए । चन्द्रागिरि नगरपालिका, सनसाइन वेभरेज प्रा.लि, मनकामना दर्शन प्रालि लगायतको सहयोगमा फोटो प्रदर्शनी गरिएको अायोजक संस्थाले जानकारी दिएको छ । उक्त संस्थाले यसअघि चन्द्रागिरि का विभिन्न ६ विद्यालयमा निःशुल्क फोटो प्रदर्शनी गरिसकेको छ ।



Leave a Reply
You must be logged in to post a comment.