आज चेकपोष्टमा पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी, १२० वटा फोटो हेर्न पाइने

chandragiri old photos

बहुप्रतिक्षित कार्यक्रम पुरानो चन्द्रागिरि फोटो प्रदर्शनी आज चन्द्रागिरि-०६ चेकपोष्टमा आयोजना हुँदैछ ।



jibss

वडा कार्यालयस्थित स्थानीय भलिबल खेल मैदानमा हुने प्रदर्शनीमामा चन्द्रागिरि नगरक्षेत्रमा करिब १६० वर्षअघि कोरिएका स्केचहरू सहित चन्द्रागिरि क्षेत्रका १ सय २० वटा पुराना तस्बिरहरू समावेश हुनेछन् ।

चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा आयोजना भइरहेको प्रदर्शनी फोटो म्युजिमय नेपालले संयोजन गरेको हो ।

यसअघि चन्द्रागिरि १३ पुरानो नैकाप तथा चन्द्रागिरि १२ बलम्बुमा यो कार्यक्रम सम्पन्न भइसकेको छ जहाँ स्थानीयहरूको उत्साहजन सहभागिता रहेको थियो । आजको प्रदर्शनीमा देउराली युवा जागणरण क्लबले सहजीकरण गर्नेछ ।