राणा प्रधानमन्त्री चन्द्रशम्शेरको २८ वर्षे शासनकालमा केही महत्वपूर्ण कार्यहरू भएका थिए । सती प्रथाको उन्मूलन गराए, पशुपतीको कोषबाट ६० लाख सापटी लिइ दासमोचन गराइ अमलेखगञ्जमा बस्ती बसाए, पहिलो पटक बिजुली चन्द्रबत्तीको व्यवस्था गराए, पहिलो कलेज त्रि–चन्द्र कलेजको स्थापना गराए, गोरखा भाषा प्रकाशिनी समितिको स्थापना तथा रेल्वेको विकास गराएका थिए । उनले नै नेपालको लागि निकै महत्व राख्ने नेपालको नक्सा निर्माण गर्ने काम पनि गराएका थिए ।
त्यस्तै बि.सं. १९७८ मा नेपालको रोपवेको शुभारम्भ पनि चन्द्रशम्शेरकै शासनकालमा भएको थियो । मकवानपुरको धोर्सिङ देखी काठमाडौको मातातिर्थ सम्मको २२ कि.मि. लामो रोपवेले १९८३ बाट ढुवानी थालेको थियो । प्रतिघण्टा ८ टन सामग्री निकै सस्तोमा ढुवानी गर्न सक्ने रोपवेको २०२१ सालमा अमेरिकी सहयोग संस्था USAID को सहयोगमा हेटौडा सम्म बिस्तारित गराइ ४२ कि.मि. लामो बनाइयो । यसरि प्रतिघण्टा २५ टन सम्म सामान ढुवानी गर्न सक्ने रोपवेले २०४५ सालको भारतिय नाकावन्दीमा निकै सहयोग गरेको थियो । २०५० मा अत्यधिक वर्षातले सडक यातायात बन्द हुदा समेत यसले खाद्यान्न आपुर्तीमा निकै सहयोग पुर्याएको थियो । बिभिन्न कारणले आखिर २०५८ सालबाट पूर्णरूपमा बन्द भयो ।
Leave a Reply
You must be logged in to post a comment.