नेवारी समुदायमा मात्रा बजाइने यि नौ बाजा लोपन्मुख अवस्थामा, फोटो फिचरसहित

भक्तपुर | परम्परादेखि नेवारी समुदायमा बजाइँदै आएको नौ बाजाको आर्कषण घट्दै गएको छ । आर्थिक अभाव र आधुनिक संगीतको प्रभावका कारण चार सय वर्ष पुरानो इतिहास बोकेको नेवारी समुदायमा निकै बज्ने नौ बाजाको आकर्षण अहिले घट्दै गएको हो ।

सोह्रौ शताब्दीदेखि प्रचलनमा आएको नौ बाजा हराउँदै जान थालेपछि स्थानीय बुढापाखा भने चिन्तित भएका छन् । मल्लकालीन समयमा बनेका नौ बाजा नेवारी समुदायमा प्रत्येक चाडपर्व, डाफा भजन, पूर्णीमा, एकादशी, जात्रा र मेलामा बजाउने गरिन्छ । तर विस्तारै आधुनिक संगीतको प्रभाव पर्न थालेपछि बुढापाखा चिन्तित भएका हुन् ।

नौ बाजामा फरक सांगितिक धूनबाटै चाडपर्व र मौसम छुट्याउन सकिन्छ । गुठी संस्थानका जमिनहरु खरिद बिक्रि र जमिनको कुत उठाउन नसक्दा आर्थिक अभावका कारण मल्कालीन नेवारी बाजा हराउँदै गएको स्थानीय बताउँछन् ।प्रत्येक चाडपर्व, डाफा भजन, पूर्णीमा, एकादशी र जात्रा तथा मेलामा बजाइने यी बाजा नेवारी समुदायमा महत्वपूर्ण मानिने विशेष बाजा हो । नौ बाजाअन्तर्गत नगरा, धिमा, लालखिङ, ढाँचा, पश्चिमा, ढलक, कोत्ता र करखिङ पर्छन् ।

एक पटक चार्डमा बजाउन ३ हजारदेखि ६० हजार रुपैयाँसम्मको लागत पर्ने नौ बाजा खलका ब्यक्तिहरु बताउँछन् । चाडपर्वमा विशेष भोजको आयोजनासहित यो बाजा बजाउने गरिन्छ । आम्दानीको मूख्य स्रोत जग्गाबाट कुत उठाउन नसक्दा बाजा मर्मत गर्नसमेत समस्या उत्पन्न भएकाले नौ बजाा अन्त्र्गतका महत्वपूर्ण बजाहरु जीर्ण अवस्थामा पुगेको उनीहरु बताउँछन् ।

भक्तपुर नगरभित्र ६ ठाउँमा यो बाजा बजाउने गरिएको भए पनि अहिले भने याक्ष, दत्तात्रय र टौमढीमा मात्रै बजाउने गरिएको छ । यो बाजा धार्मीक आस्था र परम्परामा बाँधेर मात्र बजाउने गरिएको नौ बाजा खलका सदस्यहरु बताउँछन् । यसलाई चार्डपर्व अनुसार कुसुले(कपाली )जातिले बजाउने विशेष बाजा पनि भनिन्छ । कुसुले बाज दत्तात्रय, याक्ष र टौमढीमा मात्र बजाउने गरिन्छ ।

बाजा बजाउने मानिसको अभाव भएकाले एकैजनाले सबै ठाउँ भ्याउनुपर्छ । हाल नयाँ पुस्ता आधुनिक संगीतमा रुची राख्नाले बाजा बजाउने पनि युवाभन्दा बूढापाका मात्रै देखिन्छन् । युवा पुस्ताले यो बाजा सिक्न छाडेपछि बूढापाकाहरु संरक्षण गर्न निकै गाह्रो भएको बताउँछन् । हाल बाजा बजाउन नौजना मान्छेको उपस्थिति हुनसमेत गाह्रो हुने गरेको छ । जति जना मान्छे जम्मा भए त्यतिले मात्र बाजा बजाउने गरिएको खलका सदस्य बताउँछन् ।

परप्परागत रुपमा बाजा बजाउन आर्थिक अभाव हुँदा नौ बाजा जोगाउन निकै कठिनाइ भएको गुनासो उनीहरुको छ । संस्कृतिविद् ओमप्रसाद धौभँडेल नगरका धेरै ठाउँमा बजाइने नौ बाजाका गुरुको् अभाव र नयाँ पुस्ता बाजा सिक्ने रुची नहुनाले बाजा जोगाउन गाह्रो भईरहेको बताउँछन् । विशेष समयमा बजाइने बाजाको छुट्टै महत्व रहने गरेको बताउँदै संस्कृतिविद् धौभँडेल यो बाजा लोप हुने अवस्थामा पुगिसकेकाले नयाँ पस्तालाई यो बाजा सिकाउन आवश्यक भएको औल्याउँछन् ।
स्रोत: जनता टाईम्स