चन्द्रागिरि नगरपालिकाले मातातीर्थमा योग शिविर सञ्चालन गर्ने

चन्द्रागिरि।

चन्द्रागिरि नगरपालिकाले योग शिविर सञ्चालन हुने सार्वजनिक सुचना जारि गरेक छ।

चन्द्रागिरि नगरपालिकाका  महिला विकास अधिकृत रश्मी श्रेष्ठ द्वारा जारि गरिएको उक्त सुचनामा चन्द्रागिरि नगरपालिकामा मिति २०८०।०१।२६ गते नगरप्रमुख श्री घनश्याम गिरी ज्यूको अध्यक्षतामा बसेको वैठकको निर्णयानुसार नगरस्तरीय सप्ताहव्यापी योग शिविर तपसिल बमोजिमको मिति, समय र स्थानमा सञ्चालन हुने भएकोले ईच्छुक वडावासीहरुलाई  तपसिल मितिः २०८० जेठ २ गते देखि ऐ ०८ गतेसम्म , समयः विहान ५:०० बजेदेखि ७:०० बजेसम्म ,चन्द्रागिरि नगरपालिका वडा नं. ६ मातातीर्थ स्थित फूटवल ग्राउण्ड आनु हुन अनुरोध गरेको छ।