अायो यस्तो अफर ! मोबाइलमा जति रिचार्ज गर्नुहुन्छ, त्यति नै रकम फिर्ता

चन्द्रागिरि ।
ग्लोबल कि टेक्नोलोजी प्रालिले बजारमा ल्याएको मोबाइल एप्स ‘रिचार्जजर’मार्फत मोबाइल रिचार्ज गर्दा सोही बराबर रकम फिर्ता दिने भएको छ । फिर्ता पाइने रकम रकम सपिङमा खर्च गर्न सकिने बताइएको छ । एन्ड्रोइडको प्ले स्टोरमा र आइओएसमा उपलब्ध यो एप छोटो अबधिमानै २५ हजार भन्दा बढीले डाउनलोड गरिसकेको ग्लोबल कि टेक्नोलोजी प्रालिले जानकारी दिएको छ ।

फेसबुक, इन्स्टाग्राम तथा बिभिन्न वेवसाइटका १०० भन्दा बढी प्रमाणित तथा बिश्वासिला बिक्रेतारुका उत्पादन एउटै एप्स रिचार्जरबाट सपिङ गर्न सकिने तथा नेपालभरी डेलिभरी गरिने ग्लोबल कि टेक्नोलोजी प्रालिका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । अनलाइन खरिदकर्ता र बिक्रेताका बीच समन्वय गर्दै छिटो छरितो र शुलभ मुल्यमा देशैभर सामान डेलिभरी गर्न सकिने ग्लाइडरले बताए । समय र पैसाको बचत सँगै देशको अर्थतन्त्रलाइ मजबुत बनाउने लक्षका साथ युवाहरुको पहलमा तयार गरिएको नेपाली एप रिचार्जजरलाई अनलाइन सपिङ हबको रुपमा अगाडि बढाइएको ग्लोबल किले जनाएको छ ।

रिचार्ज गर्दा पाउने रकमबाट बिना झन्झट घरमै बसेर फिल्म हलको टिकट, होटल बुकिस्ङ, प्लेनको टिकट बुकिङ, रेष्टुरेन्ट, अनलाइन सपिङ तथा एप्सले दिने अन्य सुबिधा लगायतका कार्यहरुमा खर्च गर्न सकिने ग्लाइडरले बताए । इसेवा, एससिटी कार्ड, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, माछापुच्छ्र्रे बैंक, एनआइसी एसिया बैंक र प्रभु बैंक बाट अनलाइन रिचार्जका साथै अनलाइन पेमेन्ट गर्नुका साथै अर्डर गरिएको सामान क्यास एण्ड डेलिभरीमा पनि भुक्तानी गर्न सकिने ग्लोबल किले जनाएको छ ।

एन्ड्रोइड फोनमा जुनसुकै तरिकाबाट रिचार्ज गरेपनि क्यास ब्याक पाइने तथा आइओएसमा रिचार्जजर एपबाटै रिचार्ज गर्दा १०० प्रतिशत क्यासब्याक पाइने छ । यो एप्स प्रयोग गर्न युट्युबमा राखिएको भिडियोको सहायता लिन सकिने बताइएको छ ।
साभार RecentNepal.com