
काठमाडौं । इन्टरनेटको मूल्य नबढ्ने भएको छ । साउन १ गतेदेखि बढाइएको इन्टरनेको मूल्य हटाउने सहमति भएको हो ।
दूरसञ्चार कर लागू भएपछि बृद्धि भएको इन्टरनेटको मूल्य फिर्ता गरेको छ। सरकारले इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार दस्तुर लगाएपछि साउन १ देखि सेवा प्रदायकले मूल्य बढाएको थियो ।
इन्टरनेट सेवाको मूल्य अब पहिलेकै अवस्थामा फर्किने मन्त्रालयका सहसचिव विरेन्द्र मिश्रले बताए ।