चन्द्रागिरि ।
टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोमले एक वर्षभित्रै सर्वसाधारणमा सेयर जारी गर्ने भएको छ। डिसहोमका महाप्रबन्धक कल्याण अधिकारीले डिस होम प्राइभेट लिमिटेड कम्पनीबाट लिमिटेड कम्पनीमा परिवर्तन गरिएको जानकारी दिए। ‘आगामी ९ देखि १२ महिना भित्र आइपीओ जारी गरिसक्छौं,’ उनले भने, ‘के कति रकमको जारी गर्ने भन्ने बारेमा आन्तरिक गृहकार्य गरेर एक साता भित्रै निर्णयमा पुग्छौ।’
८ वर्षअघि स्थापना भएको डिसहोमको चुक्ता पुँजी दुई सय करोड रहेको जानकारी पनि अधिकारीले दिए। ‘कम्पनीको बार्षिक टन ओभर चार सय करोड रहेको छ,’ उनले भने, ‘डिसहोमको कुल बजार हिस्सा ३५ प्रतिशत छ।’
डिस मिडिया प्रालिको नाममा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको कम्पनी लिमिटेडमा परिवर्तन भएको छ।
Leave a Reply
You must be logged in to post a comment.