
चन्द्रागिरि ।
विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्किंङ साइट फेसबुकले अर्को किर्तिमान कायम गरेको छ । फेसबुकका अनुसार विश्वमा फेसबुकका सक्रिय प्रयोगकर्ताको संख्या २ अर्ब नाघेको छ । यस हिसाबले विश्वमा एक चौथाई भन्दा धेरै मानिसले फेसबुक चलाउन थालेका छन् ।
फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले आफ्नो फेसबुक पेजमा लेखेका छन् ‘आज बिहान फेसबुक समुदायले २ अर्ब प्रयोगकर्ताको संख्या पार गरेको छ ।’
उनका अनुसार फेसबुकले दुनिँयालाई जोड्ने तथा नजिक ल्याउने काम गरिरहेको छ । स्मरण रहोस् फेसबुकपछि सबैभन्दा धेरै प्रयोगकर्ता भएको सोसल साइट यु ट्युब हो । जसका प्रयोगकर्ता डेढ अर्ब छ । त्यस्तै ह्वाट्सएपका प्रयोगकर्ताको संख्या १ अर्ब २० करोड छ ।
एजेन्सी