नेपाल टेलिकमले बाग्लुङको विकट स्थान तमानखोला गाउँपालिकामा जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ।
जिल्ला सदरमुकामबाट ११६ किलोमिटर सडक मार्गको यात्रा र करिव डेढ घण्टाको पैदल मार्गको यात्रापश्चत पुगिने उक्त स्थानमा दुर्गम तथा अति विकट क्षेत्रका ग्रामीण तहसम्म दूरसञ्चार सेवाको पहुँच विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार कम्पनीले सो क्षेत्रमा सेवा विस्तार गरेको हो।
प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत समान रुपमा दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै सो स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो।
Leave a Reply
You must be logged in to post a comment.