एनसेलको ‘पहिलो सिम’ अफर योजना, एक रुपैयाँमै सिम

काठमाडौं । एनसेलले २०७४ सालको माध्यामिक शिक्षा परीक्षा एसइईमा सहभागी भएका परीक्षार्थीहरुका लागि विशेष अफर ‘पहिलो सिम’ ल्याएको छ ।

एसइई परीक्षार्थीलाई एनसेलको ‘पहिलो सिम’ योजना, एक रुपैयाँमै पाइन्छ सिम अर्थ यो योजनाअन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिमको खरिदसँगै सिमको पहिलो रिचार्जमा आईफ्लिक्स भिडियो स्ट्रिमिङ्ग र माइफाइभ सेवाको फाइदा लिन सक्नेछन् ।

यसका साथै परीक्षार्थीले विषेश तथा सुलभ डेटा प्याकसँगै हरेक रिचार्जमा बोनस डेटा र एसएमएसको लाभ लिन सक्नेछन् ।

चैत १९ देखि लागू हुने यो योजना ९० दिनसम्मका लागि मान्य रहने कम्पनीले जनाएको छ ।