‘मेमोरी कार्ड’ बाट डिलिट भएका डाटा सजिलै पुन: प्राप्त गर्ने उपाय, जानी राखौँ

आज हरेकले समार्टफोनको प्रयोग गर्ने गर्छन । लगभग सबै डाटा समार्टफोनमा सुरक्षित गर्ने गरिन्छ । फोनको इन्टरनल मेमोरी कम हुँदा प्रयोगकर्ताले मेमोरी कार्डको प्रयोग गर्दछन । मेमोरी कार्डमा एप्स, म्युजिक, भिडियो, फोटो समेत अन्य डाटा स्टोर गर्ने सकिन्छ । यस्तो अवस्थामा तपाईको मेमोरी कार्ड खराब भएमा के गर्नुहुन्छ? यस अवस्थामा तपाईको व्यक्तिगत र आवश्यक डाटा नोक्सान हुन सक्छ । यस्ता समस्याको समाधानको लागि एक सजिलो उपाय अपनाउन सकिन्छ । जसले मेमोरी कार्डबाट डिलिट भएका डाटा पुन: प्राप्त गर्न सकिन्छ ।

कार्डलाई दोस्रो डिभाइसमा चेक गर्नुहोस्:-

सबैभन्दा पहिले मेमोरी कार्डलाई कुनै दोस्रो डिभाइसमा चेक गर्नुहोस् । धेरै पटक भाइरसको कारण डाटा डिभाइसमा शो गर्दैन । यस्तो अवस्थामा आफ्नो एसडी कार्डलाई निकालेर दोस्रो डिभाइसमा लगाएर चेक गर्नुहोस् ।

कार्ड रिडरमा मेमोरी कार्ड हेर्नुहोस्:-

मेमोरी कार्डलाई कार्ड रिडरमा लगाएर एक पटक जाँच गर्नुहोस् । यसपछि स्टार्टमा गई सर्च बक्समा ‘cmd’ टाइप गर्नुहोस् । अब कमाण्ड विन्डो ओपन हुन्छ । यहाँ ड्राइभ लाई फलो गर्दै “chkdsk” टाइप गर्नुहोस् । यसपछि कोलन र /एफ लेख्नुहोस् । इन्टर गर्दा तपाईको समस्याको समाधान मिल्छ ।

ड्राइभ चेक:-

धेरै पटक सिस्टम, मेमोरी कार्डको लागि नयाँ ड्राईभको लागि असाइन गर्दैन ।  यहाँ पपअप आउँछ किनभने ड्राइभ ई मा डिस्कलाई लगाउनुहोस् ।यस्तोमा सेटिङ्गको माध्यमले न्यू ड्राइभ लेटर लाई असाइन गरि यस समस्याको समाधान गर्न सकिन्छ ।

कार्ड प्रोपर्टी:-

कार्ड ड्राइभको प्रोपर्टीमा जानुहोस् र स्पेससको चेक गर्नुहोस् । यदी तपाईको कार्ड देखि सबै फाइल डिलिट भएको छ भने एसडी कार्ड मा पूरा स्पेस देखिन्छ । धेरै पटक डायरेक्ट्री मात्र डिलिट हुन्छ । यस्तो स्थितिमा, तपाई स्यानडिस्क इनबिल्ट सोल्युशनको प्रयोग गर्न सक्नुहुन्छ । जूनले डिलिट भएको सबै फाइल्स रिस्टोर गर्न सक्छ ।