
धादिङका कलाकार विनोद कोइरालाले पहिलो कमेडी गीत ’ए सासू’ सार्वजनिक गरेका छन् । म्युजिक नेपालमार्फत सार्वजनिक भएको उक्त गीतमा शब्द तथा संगीत पनि कोइराला स्वयंकै रहेको छ । गीतको भिडियोमा बिम्ली, ऋषि, आयुषा र नारायणको फिचरिङ रहेको छ । मिलन बिकले सम्पादन गरेको भिडियोलाई रक कौशलले खिचेका हुन् भने ऋषि खड्काले निर्देशन गरेका हुन् । शिक्षण पेशामा समेत संलग्न कोइरालाको ’शान्ति हराएको देश’, ’मैले भोगेको बिडम्बना’ लगायतका कृति पनि प्रकाशित छन् ।
भिडियो हेर्नुहोस् :