दीपेन्द्र घिमिरे को शब्द, एस.डी योगी को संगीत, मेलिना राई को स्वर मा “तल्लाघरे साईला” गीत को भिडियो सार्वजनिक (भिडियो सहित)

गायीका मेलिना राई को स्वरमा सजिएको “तल्लाघरे साईला” गीत को भिडियो सार्वजनिक भएको छ। “तल्लाघरे साईला” लामो समय सम्म संचार कर्ममा लागेका संचार कर्मी दीपेन्द्र घिमिरे को शब्दमा एस.डी योगी को उत्कृष्ट संगीत रहेको यस गीत को भिडियो लाई शान थापाले निर्देशन गरेका हुन। रिकेश गुरुङ “किज” को एरेन्ज रहेको गीत को अडियो सुत्र इन्टरटेनमेन्ट मा रेकर्ड गरिएको हो। अर्जुन तिवारी को छायाङ्कन रहेको भिडियोमा राजिव समर को कोरियोग्राफी रहेको छ भने सम्पादन सुप्रिम पराजुलीले गरेका हुन। भिडियोमा नायक गौरब पहारी सँगै बेबो आचार्य को अभिनय रहेको छ । दमदार, हिरो रिटर्न्स जस्ता चलचित्र निर्माण गरेका निर्माता चन्द्र गौतम ले भिडियो निर्माण गरेका हुन। भिडियोका नायक गौरव पहारी ले साईला पछी आएको आफ्नो यस् म्युजिक भिडियो ले साईला जस्तै छाप छोड्ने विश्वाश ब्यक्त गरे भने यस भिडियो बाट डेब्यु गरेकी बेबो आचार्य ले यस म्युजिक भिडियो बाट आफ्नो करीयर निकै माथि उकासिनेमा आफु बिस्वस्त रहेको बताईन् । बिगत एक दसक अगाडि देखी नेपाली संचार कर्ममा लागेका यस गीतका रचनाकार दीपेन्द्र घिमिरे ले यस गीत सार्बजनीक भएपछी अज्जै गीत लेखेनको लागि उत्प्रेरणा थपेको बताए।
भिडियो हेर्नुहोस्…