हिन्दू नारिहरुको महान पर्व आज तीज देशभर हर्श उल्लासका साथ मनाईयो। देश भरका शिवालयहरुमा भक्तजनहरुको भिड लागेको थीयो। देभादिदेव भगवान महादेवको पुन्य भुमी पासुपत क्षेत्रमा दर्शनका लागि आएका भक्तजनहरुले अन्य बर्ष भन्दा यो बर्ष दर्शन गर्न निकै सहज भएको प्रतिकृया दिएका छन। अन्य शिवालयहरुमा भन्दा आज पासुपत क्षेत्रमा भक्तजन हरुको बिशेष उपस्थिती रहने गर्छ। शत्य यूगमा पार्वतीले भगवान शिवलाई आफ्नो पतिको रुपमा पाउ भनेर ब्रत बसेकोमा उनको ब्रत सफल भएको खुशीयालिमा तीज मनाउदै आईएको छ। तीजमा विवाहित महिलाले ब्रत बस्नाले पतिको आयू बढ्ने र अविवाहितले राम्रो पती पाउने धार्मिक विश्वाश रहिआएको छ।
हेर्नुहोस् भिडियो…
[youtube https://www.youtube.com/watch?v=10ZlyUnpiHw]
Leave a Reply
You must be logged in to post a comment.