
चन्द्रागिरि।
ज्ञानमाला सांस्कृतिक संगित प्रतिष्ठानका प्रशिक्षक तथा वाध्यबादक समेत रहेका चन्द्रागिरी १० निवासी संजय महर्जनले सुन्दरी मिका नामले परिचित नेपाल-जापानबीचको साँस्कृतिक सम्बन्धलाई बिम्बकारुपमा उजागर गर्दै आइरहेकी जापानी गायिका ताकागी मिकाको साँगितिक समूह सुन्दरी ब्याण्ड संग हिरोसिमाको फुकुयामामा साँगितिक प्रस्तुती दिएका छ्न् । १७ बर्ष नेपाल बसिसकेका मिका नेपाली र नेवारी भाषामा पोख्त छ्न् भने केही समय अघि नै उहाको आवाजमा ‘जिगु थ्व मन’ ‘सिरसाया हेकु’ ‘मित्रताको गित’ लगायत अन्य थुप्रै गित नेपाली समुदायमा चर्चित भैसकेको छ, संजय र मिका सहकार्य गर्दै सुन्दरी ब्याण्डले यस कार्यक्रममा नेपाली, नेवारी र जापानी गित प्रस्तुत गरेका छ्न् ।
मार्च १९ मा ताकाहामा शहरको कावारा म्युजियम बाट सुरु भएको साँगितिक यात्रा ओसाकाको क्योटो नेपाली रेस्टुरेन्ट, सिङ्हा गेस्ट हाउस, हिरोसिमाको तेरियामा निसिमित्सु स्टेसन हुदै फुकुयामा अटोमोबाइल कल्क म्युजियममा विशेष कार्यक्रम गरि समापन गरेका छ्न् ।
नेपाली कला संस्कृति संग विशेष माया भएका सुन्दरी मिकाले जापानमै बसेर पनि नेपाली गित संगितमा आबद्ध छन् । नेपाली भाकामा जापानी शब्द राखेर गाउने उहाँको अलग प्रस्तुतिका कारण जापानीहरुले पनि उहाँको प्रस्तुति निकै मनपराएको पाइन्छ ।
कार्यक्रम हेर्न आएका फुकुयामा सहरकी ४५ वर्षीया महिलाले भनिन्, “नेपाली सङ्गीत पहिलो पटक सुनेको हो, तर त्यसले मलाई अतितको दिन याद दिलायो र यसले मेरो मन छोयो।”
त्यसै गरि युसुका उता नाम गरेका फुकुयामाका एक व्यावसायि सन् २००४मा सगरमाथा आरोहण गर्न नेपाल आएकी आफ्नो आमा सगरमाथाको चुचुरो बाट फर्किने क्रममा हराएको दुखद घटना सुनाउदै आफ्नो आमाको सम्झनामा नेपाली कार्यक्रम हेर्न आएको बताए ।