
एउटा अनन्त यात्रा??
जहाँ विभिन्न अबरोध!!
आरोह- अवरोह !!
मिठा – मिठा चोटहरु
अविरल यात्रा मा हिडेको मान्छे म।।
को हो र म??
के हो र म??
न डगमगाउने पाइला को साथ
एउटा छुट्टै अनन्त यात्रा
सामाजिक एबम नागरिक
अविरल यात्रा मा हिडेको मान्छे म ।।
विभिन्न नाम र उपनाम
तर्क र बितर्क??
कहि पागल त कहि ठिक!!
तैपनि पृथक यात्रा!!
अरु भन्दा फरक
अविरल यात्रा मा हिडेको मान्छे म ।।
कुन्ठित सोच !!
मेरा आबरोधहरु
तैपनि परिवर्तनको बाटो खोज्दै
भौंतारिदै हिडिरहेको म!!
अविरल यात्रा मा हिडेको मान्छे म ।।
अचम्मको पागलपन
सामाजिकपन
मानवताको खोजीमा
दिन -रात हिडिरहेको म
कहिले नथाक्ने- कहिले नरोकिने
अडिग पाइला
सकारात्मक परिवर्तनको लागि
अविरल यात्रा मा हिडेको मान्छे म ।।
##उत्तम कार्की “समीप”