चन्द्रागिरि अनुशीलन (सांस्कृतिक पक्ष) विमोचन हुदै

चन्द्रागिरि सांस्कृतिक अध्ययन समूहको संयोजकत्वमा तयार भएको ‘चन्द्रागिरि अनुशीलन’ (सांस्कृतिक पक्ष) प्रकाशित हुने भएको छ ।

चन्द्रागिरि नगर क्षेत्रको सांस्कृतिक खोजमूलक लेखहरुको सङ्गालो तेजप्रकाश श्रेष्ठ, भीमनारायण श्रेष्ठ र रवीन्द्र रिजालको सम्पादकत्वमा चन्द्रागिरि अनुशीलन (सांस्कृतिक पक्ष) को पुस्तक तयार भएको हो ।

चन्द्रागिरि साहित्य समाज, थानकोटबाट प्रकाशित हुन लागेको छ भने यो छिट्टै बजारमा आउने सो समूहका सदस्य भीमनारायण श्रेष्ठले जानकारी दिनुभयो । ।