विजयी भव: बचत तथा ऋण सहकारी संस्था लि. को १२औ वार्षिक साधारण सभा गुर्जुधारा , देथली स्थित डि.बी. भेन्युमा सदस्यहरुको उत्साहजनक सहभागितामा सम्पन्न भएको छ।
सभामा संस्थाका अध्यक्ष सत्यराज श्रेष्ठले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत प्रतिवेदन अनुसार संस्थाले आर्थिक वर्ष ०७८/७९ शेयर पुँजी रु. १,०८,८८,१०० , जगेडा तथा अन्य कोषमा रु. १,०१,४५,६९५ , निक्षेप हिसाब तर्फ १६,८४,४४,४६४ ,कर्जा लगानी हिसाब तर्फ रु. १४,९४,०५,०८० र खुद नाफा रु. ३२,०६,८१४ रहेको छ । त्यस्तै संस्थामा तरलता रकम ३१.०२% रहेको छ ।
संस्थाले सोही आ.ब.को मुनफाबाट सदस्यहरुलाई १०% नगद लाभान्स वितरण गर्ने प्रस्ताव पनि पारित गरेकोे थियो।
संस्थाले आर्थिक कारोबार अन्तर्गत बचत तथा ऋण , बिप्रेषण ( Remittance ) बाहेक सामजिक कार्यहरुमा पनि योगदान गर्दै आईरहेको छ । मठमन्दीर निर्माण , स्थानीय स्वास्थ्य सरोकार संस्था र खेलकुद क्लबहरुलाई आवश्यक सहयोग गर्दै आइरहेको छ । सभामा नियमित बचत गर्ने विष्णुदेवी ठूलो गुठीलाई आवश्यक सामग्री सहयोग स्वरुप प्रदान गरेकोे थियो।
त्यस्तै संस्थाले सार्वजनिक बिदा तथा शनिबार पनि आफ्नो कार्यालय खुल्ला राखी सीमित समयका लागि बित्तीय सेवा प्रदान गर्दै आइरहेकोले यस भेगमा लोकप्रिय रहेको छ।
Leave a Reply
You must be logged in to post a comment.