नेफ्स्कुनद्वारा आयोजित ३६औं स्थापना दिवस समारोहमा कृष्णकुमार श्रेष्ठ उत्कृष्ट व्यवस्थापक घोषित

नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन)ले ३६औं स्थापना दिवसको अवसरमा चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठलाई उत्कृष्ट व्यवस्थापक पुरस्कारबाट सम्मानित गरेका छन्।

नेफ्स्कुनले ३६ औं स्थापना दिवस समारोहमा उनलाई मुलुभरकै साकोसहरुमध्येका उत्कृष्ट व्यवस्थापक घोषित गरिएको हो ।

सहकारी क्षेत्रमा २३ वर्षदेखि क्रियाशील श्रेष्ठले विभिन्न बचत तथा ऋण सहकारी संस्थाको सीइओको रुपमा काम गरेका छन् ।

उनी सहकारी क्षेत्रको वित्तीय योजना र मानव संशाधन व्यवस्थापनमा पनि विशेष दख्खल राख्छन् । यस अघि सन् २०११ मा पनि उनी नेफ्स्कुनबाटै उत्कृष्ट व्यवस्थापकका रुपमा सम्मानित भइसकेका छन् ।