राजधानीको चन्द्रगिरिमा पहिलो पटक एकै ठाउँमा मान्छे र गोरु जुध्ने

काठमाडौं । राजधानीको चन्द्रगिरिमा पहिलो पटक एकै ठाउँमा मान्छे र गोरु जुध्ने भएको छ ।मंगलबारबाट गुर्जुधारा चोकमा रहेको बलम्बु चौरमा हुन् लागेको प्रथम चन्द्रागिरि महोत्सवको अवसरमा गोरु जुधाई र मान्छे जुधाई प्रतियोगिता हुने भएको हो । चन्द्रागिरि नगरपालिका र बलामी फिल्म इन्टरटेन्मेन्टको संयुक्त रुपमा आयोजनाहुने उक्त गोरु जुधाउने प्रतियोगिता वैशाख १, २ र ३ गते हुने आयोजक समितिका सह संयोजक रोसन दानीले सोमबार पत्रकार सम्मेलनबाट जानकारी दिए । गोरुजुधाइ प्रतियोगिताको लागि नुवाकोटको तारुका र धादिङको धुँवाकोटबाट ६ वटा गोरु ल्याइनेछ । प्रतियोगिताको विजेता गोरुलाई सम्मान र पुरस्कार राशि प्रदान गरिने आयोजक समितिका संयोजक समिर वलामिले बताए । प्रथम हुने गोरुले ३० हजार, दोस्रोले २० र तेस्रोले १५ हजार रूपैयाँ पाउनेछन् ।यस्तै सोही ठाउँमा हिमालयन टाइगर समूहको रेस्लिङ खेल समेत हुने भएको छ ।

रेस्लिङ वैशाख ४ र ५ गते हुनेछ । जसमा पुरुषतर्फ दुई र महिलातर्फ एक समूहले मनोरन्जन दिने छन् । गोरुजुधाइ कार्यक्रमलाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् ।काठमाडौँमै पहिलो पटक हुन लागेको महोत्सव भने वैशाख ६ गते सम्म चल्नेछ। महोत्सवमा विभिन्न साहसिक खेलहरु पनि प्रस्तुत हुने आयोजकले जनाएको छ । त्यस्तै चन्द्रागिरिको पर्यटन प्रवर्द्धन र स्थानीय कला, संस्कृतिको प्रचार प्रसार गर्न महोत्सव आयोजना गरिएको हो । कार्यक्रममा वोल्दै नेपाली काँग्रेस नगर समितिका सचिव राजेन्द्र विक्रम वानियाँले चन्द्रगिरिको विकासका लागि सवै मिलेर लाग्नु पर्ने वताए । त्यस्तै नेकपा एमालेका नेतृ रमा आले मगरले चन्द्रगिरि महोत्सवले सम्पुर्ण चन्द्रगिरिको कला सस्कृति र चन्द्रगिरिको पहिचानमा ठूलो भूमिका खेल्ने वताउँनु भयो । पत्रकार सम्मेलनमा वोल्दै नेकपा माओवादी केन्द्रका नेता श्री कृष्ण श्रेष्ठले समाज परिर्वतनका लागि पनि महोत्सव फलदायी हुने वताए ।उनले चन्द्रगिरिमा नयाँ विकासको वाटोमा लाग्ने वेला आएको धारा राखे ।पत्रकार समेलनमा चन्द्रगिरि महोत्सवका अर्का सह संयोजक राम नारायण घिमिरेले चन्द्रगिरि महोत्सवमा एक पटक आई सम्पुर्ण चन्द्रगिरिको विकास,कला सस्कृति हेर्न आउँन आग्रह गरे । कार्यक्रममा वैद्य माओवादीका नेता शम्भु जंग काकीले समाज रुपान्तरणको पाटोमा युवाहरुले गरेको काम प्रति प्रशंसा गरे । महोत्सव आज बाट विविध रुपमा भव्य र सभ्य रुपमा उद्धघाटन हुदै छ ।