
चन्द्रागिरिमा विरेन श्रेष्ठको आयोजनामा “६औँ चन्द्रागिरि कप फुटसल प्रतियोगिता २०८२” हुने भएको छ।
प्रतियोगिता चन्द्रागिरि वडा नं. ५, आकाश टोलस्थित फुटसल कोर्टमा आयोजना हुनेछ भने यही भाद्र २७ गते हुन लागेको हो।
प्रतियोगितामा प्रथम पुरस्कार रु. १,००,०००/- र दोस्रो पुरस्कार रु. ५०,०००/- रहनेछ।
प्रतियोगितामा उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड तथा उच्च गोलकर्ता जस्ता विद्यागत पुरस्कारको समेत व्यवस्था गरिएको आयोजक अध्यक्ष विरेन श्रेष्ठले जानकारी दिए। विद्यागत पुरस्कार विजेताले रु. ५,००० नगद, ट्रफी र मेडल पाउनेछन्।
प्रतियोगितामा सहभागिताको लागि प्रत्येक टिमले प्रवेश शुल्क रु. ५,५०० र फर्म शुल्क रु. ५०० गरी कुल रु. ६,००० बुझाउनुपर्नेछ।
प्रतियोगिताबारे थप जानकारीको लागि विरेन श्रेष्ठसँग ९८६१९६२३०९ वा ९८०८९०४६७४ मा सम्पर्क गर्न सकिन्छ।





