
चन्द्रागिरी, २०८२ साउन ३ गते –
शोणितपुर तेक्वान्दो डोजाङको ९ सदस्यीय टोली यहि शुक्रबार अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा सहभागी हुन थाइल्याण्ड प्रस्थान गर्ने भएको छ। यस अवसरमा आज एक भव्य शुभकामना तथा विदाई कार्यक्रमको आयोजना गरिएको थियो।
विदाई कार्यक्रम शोणितपुर तेक्वान्दो डोजाङ परिसरमा नगर प्रमुख श्री घनश्याम गिरि ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा विशेष अतिथि श्री मोहन कार्की ज्यु , अतिथिहरू समाजसेवी दिनेश महर्जन, इश्वर लामा, राष्ट्रिय तेक्वान्दो संघ नेपाल बागमती प्रदेशका सचिव श्री गणेश तामाङ तथा काठमाडौं जिल्ला अध्यक्ष श्री सन्तोष महर्जनको पनि उपस्थिती थियो।
प्रतियोगितामा शोणितपुर डोजाङका खेलाडीहरू अभिनभ शर्मा भुर्तेल, सिङ्गम सिङ, नियोमी महर्जन, सेजल रोका, सेली गुरुङ, प्रस्तुति राना मगर, सुविना तामाङ, जिवन गुरुङ तथा प्रशिक्षक (कोच) बिबेक महर्जनले बिभिन्न तौल समूह र पुम्से विधामा प्रतिस्पर्धा गर्नेछन्।
आयोजकका अनुसार उक्त प्रतियोगितामा २० भन्दा बढी देशबाट १५०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहनेछ। प्रतियोगितामा नेपालको तर्फबाट सहभागिता जनाउँदै शोणितपुर टोलीले अन्तर्राष्ट्रिय स्तरमा देशको गौरव बढाउने अपेक्षा गरिएको छ।






