धौलागिरी ब्याडमिन्टन क्लबद्वारा चन्द्रागिरी ‘C’ लेभल पुरुष डबल्स प्रतियोगिता हुने

चन्द्रागिरी नगरपालिका–१० स्थित धौलागिरी ब्याडमिन्टन क्लबले भदौ ७ गतेदेखि १० गतेसम्म पुरुष डबल्स चन्द्रागिरी ‘C’ लेभल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने भएको छ।

प्रतियोगितामा प्रथम हुने टोलीले नगद रु १०,००० सहित ट्रफी, प्रमाणपत्र र पदक पाउनेछ भने द्वितीय हुने टोलीलाई रु ५,००० सहित ट्रफी, प्रमाणपत्र र पदक प्रदान गरिनेछ। त्यस्तै, तृतीय हुने टोलीलाई रु ३,००० सहित ट्रफी, प्रमाणपत्र र पदक दिइने क्लबले जनाएको छ।

प्रतियोगिताको प्रवेश शुल्क प्रति टोली रु २,००० तोकिएको छ। इच्छुक टोलीहरूले अधिक जानकारीका लागि हरि खड्का (९८४१४२८७१४) वा अमृत थापा (९८०३८८४१४३) सँग सम्पर्क गर्न सक्नेछन्।

धौलागिरी ब्याडमिन्टन क्लबको स्थापना वर्ष २०७६ मा भएको हो।