
महालेखा परीक्षकको कार्यालय वार्षिक प्रतिवेदन २०७५, २०७७ र २०७८ अनुसार चन्द्रागिरि नगरपालिकामा आर्थिक सहायताको तीजमा दर खाने कार्यका लागि चन्द्रागिरि नगरले झन्डै १४ लाखको खर्च गरेको छ ।
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको चन्द्रागिरि नगरपालिकाको प्रतिवेदन अनुसार:-
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ मा नगरपालिकालाई तोकिएको अवधिमा आर्थिक सहायता दिन मिल्ने व्यवस्था भएको देखिदैन । तर चन्द्रागिरि नगरपालिकाले आन्तरिक चालू तथा नेपाल सरकारको चालू खर्च शीर्षकबाट खर्चको बिल भरपाई राखी वा नराखी समेत वडा कार्यालयको सिफारिस बाट तीज कार्यक्रममा दर खाने कार्यका लागि आर्थिक बर्ष २०७४/७५ मा ३ लाख ७५ हाजर, २०७५/७६ मा ५ लाख ७० हजार र २०७६/७७ मा ४ लाख ५२ हजार २०० जामा ३ बर्ष को १३ लाख ९७ हाजर २०० खर्च गरेको पाएको छ । यस्तो खर्च प्रतिवेदनमा औंल्याएको पनि सुधार नभएको महालेखा परीक्षकको कार्यालयले जनाएको छ। यस्तै नगरपालिकाले ऐन, नियम विपरितको यस्तो सहायत दिने व्यवस्थालाई नियन्त्रण गर्नु पर्ने महालेखाले नगरपालिकालाइ सचेत गराएको छ।