बिष्णुदेवी मन्दिरको भजन मण्डलीबाट मुर्ती लगाएतका सामान चोरी गर्ने तीन जना पक्राउ

काठमाण्डौं । महानगरीय प्रहरी प्रभाग बलम्वुले मन्दिर को भजन मण्डलीबाट मुर्ती लगाएतका सामान चोरी गर्ने तीन जनलाई पक्राउ गरेको छ ।

काठमाडौँ चन्द्रागिरि न.पा. वडा नं. १५ बिष्णुदेवी स्थित बिष्णुदेवी मन्दिरको भजन मण्डलीबाट मुर्ती लगाएतका सामान चोरी गर्ने तीन जनलाई पक्राउ गरेको हो ।



प्रहरीले चोरीको सुचना पश्चात उक्त चोरीमा संलग्न व्यक्तिको खोजतलास गर्दै जाँदा काठमाडौँ चन्द्रागिरि न.पा. वडा नं. १२ बलम्बुबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले वताएको छ ।प्रहरीका अनुसार पक्राउ पर्नेमा जिल्ला उदयपुर त्रियुगा न.पा. वडा नं. २ घर बताइ काठमाडौँ जिल्ला चन्द्रागिरि न.पा. वडा नं. १२ बलम्बु बस्ने बर्ष २१ को आकृत राई, जिल्ला काठमाडौ चन्द्रागिरि न.पा. वडा नं. १२ घर भई बस्ने बर्ष १८ को रोनित कपाली र जि. तनहुँ भानु न.पा. ४ घर भई हाल का.जि.चन्द्रागिरि न.पा. वडा नं. १२ बस्ने बर्ष २१ को आशिष पाण्डे छन् ।

पक्राउ परेका साथबाट आकृतको राईको कोठाबाट लुकाई छिपाई राखेको अवस्थामा पित्तलको जस्तो धातुको दियो थान– १ (एक), पित्तलको जस्तो धातुको घण्ट थान – १ (एक), माईक स्ट्याण्ड थान – २ (दुई), तार सहितको माईक थान – ३(तिन), शंख सानो ठुलो गरी थान – २(दुई), एक तर्फको भाग चुच्चो भएको फलामको रडको टुक्रा थान – १(एक), फलामको कुटो थान – १(एक), १३.५ ईन्च लम्बाई भएको काठको बिँड भएको खुकुरी थान – १ (एक), बिभिन्न देशको सिक्का मुद्रा थान – ७१ (एकहत्तर) प्लाष्टिकको सेतो बोरामा रहेको लागु औषध गाँजाको धुलो जस्तो पदार्थ ४०० (चार सय) ग्राम, डाँठ सहितको लागु औषध गाँजा एक किलो एक सय ग्राम, हरियो डाँठ सहितको लागु औषध गाँजा चार किलो पाँच सय ग्राम फेला परेको छ ।

साथै रोनित कपालीको घर कोठामा प्रहरीले खानतलासी गर्दा निजको कोठामा लुकाइ छिपाई राखेको अवस्थामा सेतो देखिने धातुको भगवानको पाउ १(एक) जोर , तामाको जस्तो देखिने पाला थान – २ (दुई) फेला परेको, साथै का.जि.चन्द्रागिरि न.पा. वडा नं. १२ चुनदेवी स्थित आशिष पाण्डेको डेरा कोठामा गई रितपुर्वक खानतलासी गर्दा कोठामा लुकाई छिपाई राखेको अवस्थामा पित्तलको धातुको जस्तो देखिने गणेशको मुर्ती थान – १ (एक) फेला पारी उक्त फेला परेको चोरीको सामान लगाएत लागु औषध गाँजा समेत बरामद गरेको प्रहरीले जनाएको छ ।