चन्द्रागिरि भन्ज्याङ नजिकै एक पुरुषको शव फेला

child death in chandragiri

मकवानपुरका ३२ वर्षीय सुदन थिङको शव थानकोट–चन्द्रागिरि सडक नजिकैको भीरमा सडेको अवस्थामा फेला परेको छ। उनी भदौको पहिलो सातादेखि नै बेपत्ता थिए।

गत भदौको पहिलो सातादेखि नै परिवारको सम्पर्कमा नरहेका थिङको खोजी गर्ने क्रममा उनको शव भेटिएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धान भइरहेको छ र शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

थिङको मृत्युबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।