नागढुंगामा ७.५० ग्राम खैरो हेरोइनसहित २ जना पक्राउ

काठमाडौं, २०८२ साउन १३ गते: काठमाडौंको चन्द्रागिरि नगरपालिका वडा नं. २, नागढुंगास्थित चेक प्वाइन्टमा आज बिहान लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। बर्दियाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०१-००६ ख ५५२२ नम्बरको यात्रुवाहक बसमा सवार उनीहरूको साथबाट ७.५० ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो, शाखा कार्यालय नागढुंगाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा शंका लागेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेहरूमा बर्दिया गुलरिया नगरपालिका वडा नं. ११ बस्ने करिब २२ वर्षीय जलील अहमत सई र सोही स्थानका ३१ वर्षीय प्रेम राई दास रहेका छन्। प्रहरीले उनीहरूमाथि थप अनुसन्धान गरिरहेको छ।