चन्द्रगिरिको पर्यटन विकासमा सरकारको ध्यान केन्द्रित गराउँन महोत्सव हुदै ।

काठमाडौंः चैत्र मसान्तमा चन्द्रागिरि महोत्सव हुने भएको छ । चन्द्रागिरि नगरपालिकासँगको सहकार्यमा बलामी फिल्म ईनटरटेन्मेन्टले प्रथम चन्द्रागिरि महोत्सव गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । ‘चन्द्रागिरीको सर्वाङ्गीण विकास र जगेर्ना गरौं, कला, संस्कृति र प्राकृतिक सौन्दर्यताले चन्द्रागिरिको पहिचान बढाऔं’ भन्ने मूल नाराका साथ प्रथम चन्द्रागिरि महोत्सब–२०७३ चैत्र २९ गतेदेखी २०७४ बैशाख ६ गतेसम्म हुन लागेको आयोजकले जानकारी दिएको हो । पत्रकार सम्मेलनमा वोल्दै नेकपा एमाले ३ नंम्वर प्रदेश सदस्य हरिशरण थापाले चन्द्रगिरिको सर्वगिन विकास पर्यटन प्रर्वधनमा महोत्सव भव्य र सभ्य रुपमा सञ्चालन गर्न आफ्नो पाटी तयार रहेको वताए । कार्यक्रममा वोल्दै राप्रपा नेपालका केन्द्रिय सदस्य देवेन्द्र प्रधानले समाज रुपान्तरणको पाटोमा युवाहरुको कार्य समाजका लागि अतुलनिय हुर्ने वताउँदै समाजमा राम्रो हुन नदिने तत्वहरुलाई सवैले नङग्याउनु पर्ने वताउँदै केहि तत्व शक्ति र पैशाको पछाडी लागेको वताउँनु भयो । उहाँले चन्द्रगिरि महोत्सव सफल वनाउँन र चन्द्रगिरिको विकासमा यो महोत्सव निकै फलदायी रहने वताए । कार्यक्रमा वैद्य माओवादीका चन्द्रागिरिका युवा नेता सुरेश तामाङले वर्तमान युवा शक्तिहरुले नै राजनितिक चरित्रको मार्ग निधारण गर्ने हुर्दा समाज परिर्वतनमा चन्द्रगिरि महोत्सव सवै नगरका लागि राम्रो हुने वताए । कार्यक्रमा मद्येशी जनाधिकार फोरम नेपाल लोकतान्त्रिक चन्द्रगिरि पाटी प्रतिनिधि विणा गिरीले चन्द्रगिरिको सम्रग विकासमा महोत्सव फलदायी हुने वताईन,उनले महोत्सवका लागि आफ्नो पार्टी केन्द्रको पनि साथ र सहयोग गर्ने निर्देशन पाएको वताईन ।
कार्यक्रममा आयोजकले पर्यटकीय स्थल चन्द्रगिरिलाई चन्द्रागिरिकै स्थानीय कला, संस्कृति, प्राकृतिक श्रोत र साधन, साँस्कृतिक सम्पदा, पहिचान, चन्द्रागिरीका ऐतिहासिक विषयवस्तु, उत्पादनहरु र अन्य विषयहरुलाई मूर्तरुपमा पहिचान र झन चिरपरिचित गराउन प्रथम चन्द्रागिरी महोत्सब–२०७३ आयोजना गर्न लागेको आयोजक कमिटिका सह संयोजक रोसन दानीले वताए ।



jibss

महोत्सबमा स्थानीय कृषि उपज, घरेलु तथा हस्तकला, साना उद्योग, अटो ईन्जिन, स्थानीय कला संस्कृति, स्थानीय काष्ठकला, स्थानीय खानाका परिकार, सूचना प्रविधी, स्वास्थ्य, शिक्षा, स्वरोेजार फारम संकलन, लत्ता कपडा, मनोरञ्जन फनपार्क, पहिलो पटक काठमाडौंमा गोरु जुधाई लगायत व्यवसायिक स्टलहरु दुई सय ५१ स्टलहरु रहनेछन् । नौ दिनसम्म चल्ने महोत्सवमा चन्द्रागिरिको पृष्ठभुमि झल्कने होर्डिङबोर्डहरु तथा फोटो प्रदर्शनी पनि हुनेछन् ।तीन लाख भन्दा बढी दर्शकहरुलाई महोत्सबको अवलोकन गराउने लक्ष्य रहेको आयोजक समितीका सदस्य शिवराम गिरीले बताए । महोत्सवमा निःशुल्क वाईफाई–ईन्टरटनेट सुविधाको प्रवन्ध मिलाईने भएको छ । हिमालयन टाईगर समूहको रेस्लिङ, न्यु ईयर ईभ कन्सर्ट, हेलिकप्टर चदेर चन्द्रागिरि भ्रमण जस्ता थप आकषर्णहरु पनि राखिएको आयोजक समितीका अर्का सह संयोजक राम नारायण घिमिरेले बताए ।घिमिरेले महोत्सव गर्न आफुले जिल्ला विकास समिति संग भाडामा लिएको स्थान समेत निशुल्क प्रदान   गर्ने जानकारी दिए ।