
काठमाडौँ । लोकतन्त्रको जग मानिने स्थानीय शासन सञ्चालनका लागि झन्डै दुई दशकपछि स्थानीय जनप्रतिनिधि चुन्न चुनाव हुन लागे पछि राजनीतिक दलका नेता कार्यकर्ता चुनाव केन्द्रित कार्यक्रममा व्यस्त भएका छन्। २०५४ साल जेठ ४ र १३ गते दुई चरणमा स्थानीय निकायको निर्वाचन भएको थियो। त्यतिबेला निर्वा्चित प्रतिनिधिको म्याद गुज्रिएपछि राजनीतिक सहमतिमा स्थानीय निकायको नेतृत्व कर्मचारीमार्फत गरिँदै आएको छ ।
दुई दशक पछी हुन लागेको निर्वाचनमा मेयर र उपमेयरको मैदानमा नेताहरु देखिन सुरु भई सकेको छ। राजधानीको प्रदेश नं ३ अन्र्तगत चन्द्रगिरि नगरपालिका काठमाण्डौं महानगरपलिका पछिको सशक्त चुनावी क्षेत्रको रुपमा पनि मानिन्छ। निर्वाचन क्षेत्र नं ९ र १० रहेको चन्द्रगिरिमा पहिलो संविधान सभाको निर्वाचनमा वर्तमान प्रधान मन्त्री पुष्पकमल दाहाल प्रचण्डले विजय प्राप्त गरेका थिए भने ९ मा नेपाली काँग्रेसका ध्यान गोविन्द रजितले विजय प्राप्त गरेका थिए। पुन दोश्रो संविधान सभाको निर्वाचनमा भने दुवै क्षेत्रमा काग्रेसको वजंस्व कायम भएको थियो। दुई दशक पछि हुन लागेको स्थानिय तहको निर्वाचनमा आकांक्षि उम्मेद्वार पनि धेरै देखिएका छन्। एमालेवाट मेयरका लागि धेरैनै आकांक्षि देखिएका छन्।
एमालेबाट मियरका लागि झन्डै आधा दर्जनको हाराहारीमा नेताहरुको दौडधुप सुरु भाईसकेको स्रोतको दावी रहेको छ। ६० हजार हाराहारीमा मतदाता रहेको चन्द्रगिरिमा १५ वटा वडाहरुमा करिव ९ वटा वडाहरु एमालेको शसत्त मानिदै आएको कारण पनि एमालेमा आकांक्षि वढ्नु स्वभाविकै हो। राजधानीको कलंकी देखि मुख्य नाका नागढुङगा सम्मको क्षेत्र चन्द्रगिरि विकास ,पर्यटन,आर्थिक भौगोलिक सवै वाट पनि राम्रो भएकै कारण पनि मेयरमा हानथाप चलेको छ। तर लामो समयदेखि स्थानिय चुनाव नहुनु, संसदीय चुनाबमा काँग्रेसको जित र बहालवाला प्रधानमन्त्रीको चुनाव क्षेत्र भएका कारण एमालेलाई मुख्य चुनौति पनि हो।
कलंकीदेखि पश्चिमका साबिक ११ वटा गाबिस मिलेर बनेको यस नगरपालिकाको स्थानिय चुनाबको पछिल्लो अवस्था हेर्ने हो भने एमाले काँग्रेस माओवादी र जनमोर्चा, राप्रपा नेमकिपा,नयाँ शक्ति लगाएत १७ दल चन्द्रगिरिमा कृयाशिल छन्। बलियो शक्ति मानिएको नेकपा एमालेमा हशिरण थापाको एमाले वाट मेयरको लागि कडा र वलियो आकांक्षि देखिएका छन्।
पुर्व गाविस अध्यक्ष पुर्व राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य र हाल प्रदेश नं ३ का सदस्य समेत रहेका थापा एमाले वाट मेयरका लागि पक्का पक्की समेत भएको स्रोतको दावी छ। पुर्व गाविस अध्यक्ष प्रल्हादबहादुर कार्की, गोपिचन्द्र कार्की, रमा आलेमगर, भाइकृष्ण बलामी दिपक पनेरु, अवन्ती सिग्देल नेकपा एमाले चन्द्रगिरि नगरपालिकाको मेयरका लागि आकांक्षि अनुहारको रुपमा रहेको देख्निछ। नेकपा एमाले वाट जनक रिजाल, दुर्गालाल श्रेष्ठको नाम आएता पनि जनक रिजाल अमेरिकामा छन् भने दुर्गालाल आकांक्षिको रुपमा देखिएका छैनन्।
आकांक्षिको सूचि धेरै भए पनि नेकपा एमाले वाट हरिशरण थापा मेयरमा लगभग निश्चित टिकटका लागि सहज अवस्था देखिन्छ। प्रदेश नं ३ को सदस्य समेत रहेका थापा सवै आकाँक्षि भन्दा सिनियर हुन राजनिति वृत्तमा। कुशल वक्ता विकास प्रेमी, समभाव, युवा नेतृत्वका कारण पनि थापाको नगरमा निकै प्रभाव छाएको छ। थापा स्थानीयको माझमा लोकप्रिय देखिएका छन्। दहचोक गाउँ विकास समितको अध्यक्ष समेत चलाईसकेका थापा स्थानिय स्वयत शासन ऐन,नियममा रहेर काम गरि सकेका व्यक्ति पनि हुन। एमाले अध्यक्ष केपि शर्मा ओलि पक्षका थापा रामेश्वर फुयालसंगको लगन गाठोका कारण हरिशरण थापा विनाको मेयरको विकल्प नरहेका वताईएको छ।
एमाले अध्यक्ष ओली र ओली धर्म पत्नी राधिका शाक्य सहित केहि महिना अगाडी थापाको घरमा खाना खाई दहचोक लगाएत चन्द्रगिरिको भ्रमणमा ओली रहनु भएको थियो। भित्रि रुपमा एमालेमा हरिशरण थापा मेयर र रमा आले मगर उपमेयरमा उठाउँने तयारी भईरहेको उच्च स्रोतको दावी रहेको छ।