चन्द्रागिरि ।
अाइतबार पहिलो चरणमा हुने स्थानीय तहको निर्वाचनको सबै तयारी पुरा भएको निर्वाचन अधिकृतको कार्यालय जानकारी जनाएको छ । ४७ वटा मतदान केन्द्र कायम गरिएका चन्द्रागिरि नगरका अधिकांश मतदान केन्द्रमा मतपेटिका राख्ने कार्य समेत सकिएको छ केहिमा सो कार्य जारी छ ।
निर्वाचन अधिकृत गणेश नायकले चन्द्रागिरिन्जयूजलार्इ दिएको जानकारी अनुसार बिहीबारबाट सुरू गरिएको फोटोसहितको मतदाता परिचयपत्र वितरणमा शनिबार साँझसम्म नगरका अधिकाशं मतदाताले अाफ्नो परिचयपत्र बुझिसकेका छन्, बाँकी रहेका परिचयपत्र अाइतबार बिहान वितरण गरिनेछ । मतदाता परिचयपत्र विना भोट खसाल्न पाइनेछैन् ।
यसै बीच निर्वाचन अायोगले शनिबार जारी गरेको प्रेस विज्ञप्ती अनुसार स्थानीय तहको निर्वाचन, २०७४ प्रयोजनार्थ तयार गरिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणबश मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा निजको मताधिकार सुनिश्चित गर्न नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन अायोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारी चालक अनुमति पत्र वा जग्गाधनी प्रमाण पत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका अाधारमा मतदान गर्न पाउने निर्णय गरेको छ ।
यस्तो छ अायोगको विज्ञप्ती ः
Leave a Reply
You must be logged in to post a comment.