ग्यारेजमा करेन्ट लाग्दा चन्द्रागिरिमा एक मजदुरको मृत्यु

child death in chandragiri

चन्द्रागिरि नगरपालिका-७ मा शुक्रबार दिउँसो भएको एक विद्युतीय दुर्घटनामा परी एक मजदुरको करेन्ट लागेर दुःखद निधन भएको छ।

प्रहरी जानकारीअनुसार ग्यारेजमा कार्यरत एक मजदुरको करेन्ट लागेर मृत्यु भएको हो। मृत्यु हुने भारतका ४० वर्षीय सुरेश भगत रहेको छ। भगत काम गर्ने क्रममा प्लगबाट ल्याइएको विद्युतीय तारको सम्पर्कमा आउँदा उनी गम्भीर घाइते भएका थिए।

उनलाई तत्काल उद्धार गरी नजिकैको मनमोहन मेमोरियल अस्पताल पुर्‍याइएको थियो। यद्यपि, अस्पताल पुर्‍याइएको केही समयमै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

यो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।